पोखरा- २७ को रास्वपा सभापतिमा सुनिल बराल चयन

748
0
Share:

कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा २७ ले प्रथम वडा अधिवेसन गरेको छ। पोखरास्थित तालचोकमा शनिबार सम्पन्न अधिवेसनले आगामी कार्यकालका लागि सुनिल बरारललाई  वडा नं. २७ को सभापतिमा चयन गरेको छ । वडा समितिको उपसभापतिमा ध्रुवराज पौडेल र  सचिवमा रमेश तामाङ चयन भएका छन्। सर्वसम्मत चयन भएको सो समितिको सदस्यहरूमा रामप्रसाद अधिकारी, संदिप प्रसाद पौडेल, दुर्गा शर्मा सिग्देल, सुजता रानाभाट र धन बहादुर घर्ती रहेका छन्।

पोखरास्थित तालचोकमा आयोजित भेलाको उद्घाटन गर्दै रास्वपा सांसद शिव नेपालीले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको र यसको मूल कारण भष्ट्राचार भएको बताए।

सो अधिवसनमा प्रशिक्षण विभागका केन्द्रीय सदस्य माधवप्रसाद कँडेल, सार्वजानीक मामीला विभागका केन्द्रीय सदस्य उत्तम प्रसाद पौडेल, र्‍याट विभाग गण्डकीका प्रमुख कृष्ण लम्साल, संगठन विभाग गण्डकीका सचिव एकराज न्यौपाने, गण्डकी प्रदेश सदस्य रमा बस्ताकोटी, कास्की जिल्ला उपसभापति राजु राई, निर्वाचन क्षेत्रीय समितिका सदस्य श्याम अधिकारी, पोखरा महानगर सभापति नारायण आचार्य, उपसभापति संगिता गौतम, निर्वाचन क्षेत्र नं १ कास्कीका संयोजक श्रवण राज जमरकट्टेल, सचिव लक्ष्मण कार्की, निर्वाचन क्षेत्र नं. १ का निवर्तमान संयोजक श्रीकृष्ण न्यौपाने, पोखरा महानगरका पूर्व कोषाध्यक्ष चिनु गुरुङ लगायतले संवोधन गरेको थिए। कार्यक्रम स्थानिय नेता रमेश तामाङले संभालन गरेका थिए।

राष्ट्रिय स्वतन्त्र पाटीको केन्द्रिय कार्यक्रम अन्तर्गत पोखरा २७ मा घरदैलोसहितको संगठन निर्माणको अभियान सुरु भएको रास्वपा कास्की सचिव दीपेन्द्र पोखरेल ‘बादशाह’ले बिगखबरलाई बताए।

कमेन्ट गर्नुहोस्
Share: