पाँच दिनपछि गण्डकी प्रदेश प्रमुख भट्ट भए डिस्चार्ज, केही दिन घरमै आराम गर्ने

265
0
Share:

पोखरा । पाँच दिनपछि गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट डिस्चार्ज भएका छन्। उनी अस्वस्थ भई पाँच दिनअघि पोखरास्थित ओम हस्पिटलमा भर्ना भएका थिए। स्वास्थ्यमा सुधार आएपछि सोमबार उनलाई अस्पतालले डिस्चार्ज गरेको हो।

प्रदेश प्रमुख भट्टलाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका लागि वरिष्ठ छातीरोग विशेषज्ञ डा. सीपी आचार्यको नेतृत्वमा चिकित्सकीय टोली सक्रिय थियो।

अस्पतालका अनुसार भट्टको स्वास्थ्य अवस्था स्थिर रहेको र चिकित्सकको सल्लाहअनुसार केही दिन घरमै आराम गर्नेछन्।

यसअघि, उनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै प्रत्यक्ष भेटघाटका कार्यक्रम स्थगित गरिएको उनको सचिवालयले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: