पाथीभरामा केबलकार निर्माण तत्काललाई स्थगित: वार्तामा आउन आह्वान

232
0
Share:

काठमाडौँ। ताप्लेजुङको धार्मिकस्थल पाथीभरा क्षेत्रमा गर्न लागिएको केबलकार निर्माण कार्य तत्काललाई स्थगित गएको छ।

केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षसँग वार्ता गर्न गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीद्वारा सोमबार जारी विज्ञप्तिमा केबलकार निर्माण कार्य तत्काललाई स्थगित गरिएको उल्लेख छ।

वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा समस्याको समाधान वार्ता र संवादबाट गर्ने भन्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरिएको छ।

विज्ञप्तिमा उल्लेख छ, ‘आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउन हुन हार्दिक अपिल गर्दछु।’

यस्तो छ विज्ञप्ति :

कमेन्ट गर्नुहोस्
Share: