बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?

466
0
Share:

काठमाडौँ ।अण्डाको मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानसहितको बैठकले सोमबारदेखि नै लागू हुने गरि अण्डाको मूल्य बढाउने निर्णय गरेको हो।

मूल्य बढेसँगै अब मध्यम अण्डा प्रतिक्रेट (३० वटा) को रु तीन सय ९०, ठूलो अण्डा रु चार सय १० र एक्स/एल अण्डा प्रतिक्रेटको मूल्य रु चार सय २५ पुगेको छ।

यसअघि मध्यम अण्डा प्रतिक्रेट रु तीन सय ५०, ठूलो अण्डा रु तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट रु तीन सय ८५ रहेको थियो। यो फार्म मूल्य हो।

बजारमा अण्डाको माग बढेको र लागत समेत बढी रहेकाले मूल्य बढाउनु परेको अध्यक्ष पोखरेलको भनाइ छ।

कमेन्ट गर्नुहोस्
Share: