
सल्यानमा मध्यराति भएको मिनी ट्रक दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार, रोल्पाको गंगादेव गाउँपालिका–३ झारमङ्ग्राका ३५ वर्षीय हरि चन्दको दुर्घटनास्थलमै ज्यान गएको हो।
घटना राति ११:५५ बजे सल्यानको छत्रेश्वरी गाउँपालिका–१, फारुवाबोट नजिकै भएको हो, जहाँ रा १ क ५३० नम्बरको खाली मिनी ट्रक सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीको भनाइ छ।
उक्त मिनी ट्रक रोल्पाको झ्यामबाट सल्यानको दमाचौरतर्फ आउँदै गरेको बताइएको छ।
कमेन्ट गर्नुहोस्
