
काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगमले आज रातिदेखि लागू हुने गरी डिजल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ।
शुक्रबार बसेको निगम संचालक समितिको बैठकले सो निर्णय गरेको निगमले जानकारी दिएको छ ।
निगमले भारतबाट आएको नयाँ मुल्य अनुसार डिजल र मट्टीतेलमा प्रतिलिटर ०.९ रुपैयाँ घटेर आएको जानकारी दिएको छ।
पेट्रोलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
कमेन्ट गर्नुहोस्

