माछापुच्छ्रे अध्यक्ष कपको उपाधि गलकोटलाई, महिलातर्फको उपाधि शान्ता ट्रेनिङलाई

Share:

पोखरा। माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश तथा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी गलकोट नगरपालिका बागलुङले हात पारेको छ। अघिल्लो वर्ष उपविजेता वनेको गलकोटले यसवर्ष माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेता बनेको हो। विजेता बनेको गलकोटले नगद २ लाख ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।

प्रतियोगितामा शुक्ला गण्डकी नगरपालिका तनहुँ उपविजेतामा नै चित्त बुझायो। शुक्ला गण्डकीले नगद १ लाख ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। सेमिफाइनल उपविजेता निसिखोला र बौदीकालीलाई नगद रु ५०/५० हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे। उक्त फाइनल खेलमा गलकोट नगरपालिका बागलुङले शुक्ला गण्डकी नगरपालिका तनहुँलाई २५–२०, २५–१२, १६–२५ र २५–२० ले पराजित गर्‍यो।

पुरुष तर्फ गलकोटका रेशम छन्त्याल उत्कृष्ट खेलाडी, शुक्ला गण्डकीका विष्णु क्षेत्री उत्कृष्ट स्पाइकर, अनिस कुमाल मिडल ब्लकर, क्रिस मल्ल ठकुरी उत्कृष्ट डिफेन्डर, गलकोटका मिन सुनार उत्कृष्ट सेटर, चिरन खड्का उत्कृष्ट सर्भर र सुरेन्द्र केसी उत्कृष्ट प्रशिक्षक घोषित भए। उनीहरुलाई पालिकाको लोगो अंकित खेलकुद पोशाक प्रदान गरिएको थियो।

त्यसैगरी महिलातर्फको उपाधि शान्ता भलिबल ट्रेनिङ सेन्टर पोखरा प्रथम भएको छ। विजेता शान्ता भलिवल ट्रेनिङ सेन्टरले नगद १ लाख ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्‍यो। त्यसैगरी बाग्लुङ नगरपालिका बाग्लुङ द्धितीय भई नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझायो।सेमीफाइनलनमा उपविजेता बनेका माछापुच्छ्रे गाउँपालिका ‘ए’ र ‘वि’ नगद २५/२५ हजार प्राप्त गरे।

त्यसैगरी प्रतियोगिताको महिलातर्फ शान्ता भलिवल ट्रेनिङ सेन्टरकी निरुता शाहि उत्कृष्ट खेलाडी, बाग्लुङ नगरपालिकाकी सोड·ा थापा उत्कृष्ट स्पाइकर, सलिना गुरुङ उत्कृष्ट डिफेन्डर, शान्ता भलिवल ट्रेनिङ सेन्टरकी शोभा पाइजा मिडल ब्लकर, टेनीशा छन्त्याल उत्कृष्ट सेटर, रोस्मिना गुरुङ उत्कृष्ट सर्भर र दिनेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए। उनीहरुलाई पालिकाको लोगो अंकित खेलकुद पोशाक प्रदान गरिएको थियो।

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङ, उपाध्यक्ष सिता अधिकारी प्रमुख प्रशाशकिय अधिकृत गोपिकृष्ण अर्याललगायतले पुरस्कार वितरण गरेका थिए। यसअघि शनिबार भएको पुरुषतर्फ भएको भलिवल प्रतियोगितामा क्वाटर फाइनल खेलमा बौद्धकाली गाउँपालिका नवलपुरले पुतली बजार नगरपालिका स्याङ्जालाई २५–२३, २५–२१, २२–२५, २०–२५ र १५–१२ ले पराजित गर्‍यो।

त्यसैगरी पहिलो सेमिफाइन खेलमा गलकोट नगरपालिका बाग्लुङले निशिखोला गाउँपालिकालाई २५–१८, २५–२०, २१–२५ र २५–१५ ले पराजित गर्‍यो। त्यस्तै दोस्रो सेमिफानल खेलमा शुक्ला गण्डकी नगरपालिका तनहुँले गत वर्ष विजेता बौद्धकाली गाउँपालिका नवलपुरालाई १६–२५, २५–१९, २१–२५, २५–१७ र १५–१३ ले पराजित गर्‍यो। अघिल्लो वर्षको विजेता बौद्धकाली यस वर्ष सेमिफाइनलबाटै बाहिरियो।

माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पयर्टकीय क्षेत्र धम्पुसमा तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता भएको हो। प्रतियोगिताको स्थानीय व्यवस्थापन माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ धम्पुस र संयोजन माछापुच्छ्रे गाउँपालिका भलिबल संघ लाहाचोक कास्कीले गरेको हो। प्रतियोगिता फागुन १४ देखि १७ गते सम्म चलेको थियो।

प्रतियोगितामा पालिकाबाट दुई जना राष्ट्रिय खेलाडिको समावेश गराउन पाउने व्यवस्था गरिएको थियो। प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडी पनि सहभागिता जनाएको कारण प्रतियोगिता थप रौनकता आएको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिए।

स्थानीयस्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ आयोजना गरेको तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा खाना, खाज र बस्नको प्याकेजको व्यवस्था मिलाईएको थियो।

प्रतियोगितामा विविध साँस्कृति कार्यक्रम पनि गरिएको माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष बैकुण्ठ प्रसाद भण्डारीले जानकारी दिए। माछापुच्छ्रे गाँउपालिकाका प्रमुख प्रशा
सकिय अधिकृत गोपिकृष्ण अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन खेलकुद विकास समितिका सदस्य सचिव हुमबहादुर गुरुङले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: