‘सामाजिक सञ्जालमा चर्चित बनेकी राधिका बादीको निधन’

Share:

काठमाडौँ । सामाजिक सञ्जालमा निकै चर्चित बनेकी लोकगायिका राधिका बादीको आज बिहान निधन भएको छ। कालिकोटको पलाता गाउँपालिका-७, थिरपुमा बस्ने ४२ वर्षीय बादीको आइतवार बिहान मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख टेक बहादुर रावतका अनुसार उनी केही दिनदेखि बिरामी थिइन्। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि फागुन १८ गते बिहान उनको निधन भएको हो।

हालै मात्र “दिलमा तिमी तिमिनै…” बोलको गीत र मादल बजाउने कलाले सामाजिक सञ्जालमा भाइरल बनेकी बादीले लाखौं दर्शक-श्रोताको मन जितेकी थिइन्।

कमेन्ट गर्नुहोस्
Share: