
पोखरा। बेगनास युवा क्लवको आयोजनामा शुक्रबारदेखि जारी तेश्रो बेगनास कपमा आइतबार ६ खेल सम्पन्न भएका छन्। आइतबार सम्पन्न पहिलो खेलमा राईजिङ स्टार युथ क्लब रिठेपाानीले रोयल एच के फेमेलीलाई २-० को अन्तरले पराजित गरेको छ।
यस्तै दोश्रो खेलमा ए स्टार क्याफे ‘ए’ र एल सि ब्रर्दश विच खेल हुने भनिएकोमा निर्धारित समयमा पनि खेलमा उपस्थीत नभएपछि सिधैँ वाकओभर पाउँदै ए स्टार क्याफे ‘ए’ अधिल्लो चरणमा प्रवेश गरेको छ।
यस्तै तेश्रो खेलमा ईन्द्रेणी युथ क्लब लामास्वाराले क्रयास क्याफेलाई २-१ को अन्तरले पराजित गरेको छ। निर्धारित समयमा दुवै टिमले १-१ को बराबरी खेलेपछि खेल ट्राईबेकरमा धकेलीएको थियो।
आइतबार नै भएको चौंथो खेलमा बिग सिटी क्याफेले चेतनशिल आर्दश युवा क्लवलाई ३-१ ले पराजित गरेको हो। एन के क्लव र आयोजक बेगनास युवा क्लव सेतोबिच भएको प्रतिष्पर्धामा एन के क्लवले २ गोल गर्दै अगाडीको यात्रा तय गरेको छ, भने बेगनासले कुनै पनि गोल गर्न सकेन्।
आइतबार भएको अन्तिम खेलमा हिमाल एण्ड रक्षाले १-० को अन्तरले वसन्ती मेमोरियललाई पराजित गरेको जनाइएको छ। फागुन २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २८ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक विज्ञान कोईरालाले जानकारी दिए।
