
पोखरा । शुक्ला साहित्य प्रतिष्ठान, पोखराका पुर्वअध्यक्ष सुमनराज पौडेललाई मातृशोक परेको छ। पौडेलकी ६६ वर्षीय आमा अम्बिक पौडेलको आज बुधवार बिहान आफ्नै निवास पोखरा १६ गैरावारीमा निधन भएको हो।
वि.सं. २०१५ सालमा बाटुलेचौरमा जन्मिएकी पौडेल लामो समयदेखि अस्वस्थ रहेको पारिवारिक श्रोतले जनाएको छ। स्वर्गीय पौडेलको आजै शवयात्रासहित स्थानीय गोस्तेघाटमा धार्मिक परम्परा सहित अन्त्यष्टि गरिएको छ। स्व।पौडेलको शवमा छोरा सुमनराजले दाग बत्ती दिए।
त्यसअघि पौडेलप्रति स्थानीय बासिन्दाले अन्तिम श्रद्घाञ्जली व्यक्त गर्दै, सामाजिक तथा धार्मिक क्षेत्रमा पुर्याएको योगदानको स्मरण गरेका थिए। करिब ३० वर्ष प्रगति स्कुल बाटुलेचौरमा सेवा गरेकी पौडेलले आफ्नो जीवनकालमा धार्मिक तथा सामाजिक कार्यमा महत्वपुर्ण योगदान पुर्याएकी थिइन्। उनलाई सामाजिक तथा धार्मिक कार्यमा योगदान पुर्याएको भन्दै विभिन्न संघ संस्थाले सम्मान समेत गरेका थिए।
स्व. पौडेलका एक छोरा सुमनराज पौडेल जय मनकामना सहकारीका प्रबन्धक र २ छोरी छन्।
