बेगनास कपको उपाधि मिक्कि एफसिलाई, उपाधिसँगै मिक्कीले एक लाख ५५ हजार हात पार्यो

Share:

पोखरा । विकास, अनुशासन र गतिशीलता भन्ने नाराका साथ बेगनास युवा क्लवद्धारा आयोजित तेश्रो बेगनास कप सेभेन ए साईट फुटवल प्रतियोगिताको उपाधि मिक्की एफसिले हात पारेको छ।बिहीवार सम्पन्न फाईनल खेलमा विनोद मेमोरियललाई १-० को गोल अन्तरले हराउँदै मिक्कि एफसिले उपाधि हात पारेको हो।

उपाधिसँगै मिक्कीले नगद रु १ लाख ५५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको मिक्की एफ सि ले पहिलो हाफको २० मिनेटसम्म कुनै गोल गर्न नसकेता पनि त्यसपछि थपिएको अतिरिक्त १ मिनेटको समयमा जर्सि नं. ५५ का लिले गुरुङले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै जर्सि नं. ७३ का विनम गुरुङले डि बक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

त्यही १ मात्र गोल नै मिक्कीका लागी उपधि जित्न निर्णायक बनेको हो। खेलको दोश्रो हाफपछि पनि दुवै टिमले प्राप्त गरेका राम्रा अवसरलाई सदुपयोग गर्न सकेनन्। विनोद मेमोरियलका जर्सि नं. ६६ का विकास परियारले उपलब्ध गराएको पासलाई जर्सि नं ५ का अनुज भण्डारीले हेड गर्दै गरेको प्रयास गोल पोष्टको बारमा लागेर फर्किएको थियो।

खेलको ३६ औं मिनेटमा विनोद मेमोरियलका अनुज भण्डारीलाई डबल ट्याकल गर्दै फल गरेपछि मिक्किी एफ सि को तर्फबाट १ मात्र गोल गर्न सफल विनम गुरुङ रेड कार्ड खाँदै मैदानबाट बाहिरिन पुगेका थिए। त्यसपछि मिक्की एफ सि कमजोर अवस्थामा पुगेपनि बराबरी गर्नुपर्ने दवावमा रहेको मेमोरियलले कुनै गोल गर्न नसक्दा उप-विजेतामा चित्त बुझाउनुपरेको छ।

विनोद मेमोरियलले उप-विजेताको उपाधिसँगै नगद रु ५५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसअघि सेमिफाईनलमा एन के क्लवलाई २-० को अन्तरले पराजित गर्दै विनोद मेमोरियलले फाईनलको यात्रा तय गरेको थियो भने विनोद मेमोरियलले मत्स्य व्यवसायी समिति पिप्लेलाई १-० को गोल अन्तरले पराजित गर्दै मेमोरियलसँगको भेट पक्का गरेको थियो।

प्रतियोगितामा एन के क्लवले उत्कृष्ट अनुशासित टिमको उपाधिसँगै नगद रु ८ हजार प्राप्त गरेको छ, भने मिक्की एफ सि का अमिर गुरुङ उत्कृष्ट खेलाडी, विनम गुरुङ उच्च गोलकर्ता र सञ्जय ठकुरी उत्कृष्ट गोल रक्षक घोषित भएका छन्। उनीहरुले उपाधिसँगै जनही रु ५/५ हजार प्राप्त गर्न सफल भएका छन्।

फाईनल खेल शुरु हुनुअघि समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय फुटवल टोलिका कप्तान किरण चेमजोङले बेगनास सुन्दर पर्यटकिय स्थल भएको र यससँगै खेलकुदको पनि प्रशस्त सम्भावना रहेको आफुले पाएको बताउँदै यस किसिमका प्रतियोगितालाई निरन्तरता दिनुपर्ने र यसबाट राम्रा खेलाडीहरु उत्पादन गर्न सकिने बताउँदै उनीहरुलाई राष्ट्रिय स्तरमा अगाडी बढाउन आफ्नो तर्फबाट पहल र प्रयास हुने बताएका थिए।

यसअघि सेमिफाईनलमा एन के क्लवलाई २-० को अन्तरले पराजित गर्दै मिक्की एफ सि ले फाईनलको यात्रा तय गरेको थियो भने विनोद मेमोरियलले मत्स्य व्यवसायी समिति पिप्लेलाई १-० को गोल अन्तरले पराजित गर्दै मिक्की एफ सि सँगको भेट पक्का गरेको थियो।

कमेन्ट गर्नुहोस्
Share: