जनकपुर ‘रन वे’ को टर्निङमा भेटियो बुद्ध एयरको पांग्रा

Share:

काठमाडौँ। जनकपुर विमानस्थलको रनवे टर्निङ प्याडमा बुद्ध एयरको जहाज (एन-एएनएच)को अगाडिको पांग्रा फेला परेको छ।

जनकपुरबाट काठमाडौँका लागि उडेको सो जहाजको पांग्रा उडानकै क्रममा खसेको थियो तर पाइलट तथा चालक दललाई त्यसबारे कुनै जानकारी थिएन।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार बिहीबार अपराह्न ४:४५ बजे उडेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेपछि मात्रै पांग्रा हराएको पत्ता लागेको थियो।

कमेन्ट गर्नुहोस्
Share: