पोखरामा युवक मृत भेटिए

5008
0
Share:
Death scene

पोखरा। कास्कीको पोखरामा युवक मृत भेटिएका छन्। पोखरा महानगरपालिका वडा नं. ३२ खुदिखोला आराधना टोल निवासी रामकृष्ण घिमिरे नजिकैको बडहरे सामुदायिक वनमा कटुसको रुखमा आफ्नै सलले रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ।

४१ वर्षीय घिमिरे बुधबार दिउँसो ३ बजेदेखि घरबाट सम्पर्क बिहिन थिए। लमजुङको करपु गाउँपालिका वडा नं. ३ का स्थानीय घिमिरे बैशाख महिनायता परिवार विवादका कारण श्रीमती विष्णु घिमिरेसँग अलगै बस्दै आएका थिए।

मृतक घिमिरेको शवलाई पोस्टमार्टमका लागि पश्चिममान्चल अस्पताल रामघाटमा लगिएको छ। उनका २ छोरा छ्न्।

कमेन्ट गर्नुहोस्
Share: