बैतडी घटना: अभियुक्त पक्रिन बैतडी प्रहरी सफल, अब अनुसन्धानको कामअघि बढ्ने

439
0
Share:

काठमाडौँ। बैतडीको दोगडाकेदार गाउँपालिका-८ कालागाउँका ४५ बर्षीय कर्णबहादुर बिष्टलाई प्रहरीले भारतबाट पक्रीन सफल भएको छ। गएको शनिबार गाउँकै भाइ नाता पर्ने २४ बर्षीय सुरेन्द्र बिष्टको गोली हानेर हत्या गरी फरार भएका बिष्टलाई दार्चुलाको दत्तु पारी भारततिर भाग्ने क्रममा पक्राउ गरेको गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए। अहिले उनलाई जिल्ला प्रहरी कार्यालय बैतडीमा ल्याइएको छ। अब अनुसन्धानको कामअघि बढ्ने प्रहरीले जनाएको छ।

सुरेन्द्रको हत्या गरेर फरार भएका कर्णबहादुरलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी समेत खटिएका थिए। कर्णबहादुर बिष्टलाई भारतीय गाउँबाट पक्राउ गरिएको उनले बताए।

लेनदेनका बिषयमा विवाद हुँदा कर्णले भरुवा बन्दुकबाट गोली हानेर सुरेन्द्रको हत्या गरेका थिए। हत्यापछि बन्दुकसहित फरार रहेका बिष्टको खोजीका लागि प्रहरी टोली खटिएको थियो। कर्णबहादुर बिष्टले सुरेन्द्रलाई ४० हजार रुपैयाँ तिर्नुपर्ने थियो। सोही बिषयमा विवाद हुँदा उनले गोली चलाएर सुरेन्द्रको हत्या गरेका थिए।

जिप व्यवसायी सुरेन्द्रको हत्यापछि उनको परिवार विचल्लीमा परेको छ। सात महिना अघिमात्रै विवाह बन्धनमा बाँधिएका सुरेन्द्रको हत्यापछि उनकी श्रीमती र घरपरिवारलाई निकै समस्या भएको मृतकका दाजु नरेश बिष्टले बताए।

कमेन्ट गर्नुहोस्
Share: