
पोखरा। गण्डकी प्रदेशकै एक मात्र आई.बी. प्रस्तावित विद्यालय फिस्टेल एकेडेमी माध्यमिक विद्यालय, पोखरा- १७, कास्कीले शनिबार ‘फिस्टेल ओपन डे-२०८१’ सम्पन्न गरेको छ। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद भण्डारीले कार्यक्रमको उदघाटन गर्दै विद्यालयको शैक्षिक, भौतिक लगायत विविध पक्षको अवलोकन गरेका थिए।
गुणस्तरीय शिक्षाका क्षेत्रमा विद्यालयले गरेको प्रगतिको प्रशंसा गर्दै सहसचिव भण्डारीले विद्यालयको थप प्रगतिको कामना गरे। यस्तै शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख उपसचिव लाकनाथ आचार्यले शिक्षाको विकासमा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको विचार व्यक्त गरे।
कार्यक्रममा विद्यालयका गतिविधि, यसले अवलम्बन गरेको शिक्षण पद्धति र अन्य विविध पक्षका बारेमा अभिभावक तथा सरोकारवालाहरूले जानकारी लिएका थिए।
कार्यक्रममा विद्यार्थी तथा विभिन्न लोकप्रिय ब्यान्डहरूले साङगीतिक प्रस्तुति राखेका थिए। कार्यक्रम स्थलमा फुड स्टल, पुस्तक प्रदर्शनी, प्रदर्शनी तथा विभिन्न मनोरञ्जनात्मक खेलहरू पनि सञ्चालन गरिएको थियो।
विद्यालयको वर्तमान अवस्थाका बारेमा जानकारी दिँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिनु रानाभाटले विद्यालयले विविध क्षेत्रमा सकारात्मक फडको मारिरहेको बताए।
उनले भने, ‘‘गुणस्तरीय शिक्षा लिनकै लागि पोखरा छोडनुपर्ने अवस्थालाई अन्त्य गर्न फिस्टेल एकेडेमीको स्थापना भएको हो र सोही लक्ष्यलाई पूरा गर्न विद्यालय लागेको छ।’’
विद्यालयका सहायक प्रधानाध्यापक कमल लामिछानेले स्वागत मन्तव्य राखेको कार्यक्रममा विद्यार्थीहरूले प्यानल डिस्कससमेत गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यार्थी द्वय रिजा श्रेष्ठ र साइरिन गुरुङले गरेका थिए।
