
काठमाडौं। रचने सामुदायिक महिला समूहले आर्थिक सहयोग गरेको छ। सिन्धुलीको फिक्कल गाउँपालिका-१ नयाँगाउँमा रहेको रचने सामुदायिक महिला समूहले स्वास्थ्य उपचारको लागि दुईजना बिरामीलाई आर्थिक सहयोग गरेको हो।
समुहले फिक्कल-१ मा रहेको जनकल्याण निमाविका कम्प्युटर शिक्षक धन बहादुर सुनुवार र स्थानीय आशिष सुनुवारको उपचारको लागि स्वतः स्फूर्तमा आर्थिक सहयोग गरेको जनाइएको छ।
बिरामी शिक्षक सुनुवार माघ २१ गतेदेखि काठमाडौंको शिक्षण अस्पतालमा उपचार गराइरहेका छन्। शिक्षक धन बहादुरको स्वास्थ्य उपचारका लागि पैसा उठाएर सक्दो आर्थिक सहयोग गरेको समुहले बताएको छ।
उक्त समुहले पैसा उठाएर सोही विद्यालयका शिक्षक गोपाल खत्रीमार्फत पठाएको समूहकी अध्यक्ष बुद्धिमाया सुनुवारले बताइन्।
उनले भनिन्,‘हाम्रो समुदायमा शिक्षकप्रतिको भाव र दृष्टिकोण सँधै सकारात्मक र सम्मानजनक छ। शिक्षक भनेको ज्ञान दिने व्यक्ति हुन्।’
यस्तै छोराछोरीहरुको भविष्य निर्माण गर्ने शिक्षकको स्वास्थ्य उपचार पैसाको अभावमा नरोकिने समूहकी सचिव कृष्णा सुनुवारले सुनाइन्।
पूर्व शिक्षक दुर्गा भट्टराईले नयाँगाउँको विद्यालय स्थापनामा महत्त्वपूर्ण र योगदान रहेको समुहकी कोषाध्यक्ष गौरी माया सुनुवारको भनाइ छ।
‘यही गाउँमा पच्चीस वर्ष शिक्षण सेवा गरेर आफ्नो गाउँ फर्कनु भएका गुरु दुर्गा प्रसाद भट्टराई सरलाई अझै यो गाउँले सम्झिरहेको हुन्छ।’ पूर्व शिक्षक दुर्गालाई जहिले पनि सम्मान गरिरहने उनी बताउँछिन्।
धन बहादुरको उपचार लागि यो सानो सहयोग भएको र अझै आर्थिक संकनलको अभियान चाल्नुपर्ने समुहकी कोषाध्यक्ष सुनुवारले बताइन्। उनी भन्छिन,‘धन सर निकै मेहनति, अनुशासित, इमान्दार र कर्तव्यनिष्ठ शिक्षक हुन्। सरको स्वास्थ्य उपचारमा कुनै कुराको कमी हुन् दिदैनौं।’
धनबहादुरको स्वास्थ्य अवस्थाबारे बुझ्दै थप सहयोगको लागि विद्यालयबाट पनि सक्दो सहयोग गरिने विद्यालयकी प्र.अ मिरा पाख्रिनले बताइन्।
सहयोगी हातहरु वास्तवमै उदाहरणीय एवम् सराहनीय रहेको सोही विद्यालयमा कार्यरत शिक्षक प्रकाश जिपीले बताए। उनले भने,‘दिनेको भकारी र हत्केला कहिल्यै पनि खाली हुँदैन। कतिपय गाउँको स्कूलमा शिक्षकको रूपमा रह्यो तर नयाँगाउँको जस्तो फराकिलो कमलो मन भएका दानी सहयोगी अभिभावक अरु ठाउँमा यत्तिको छैनन्।’
