आज सोमबार भगवान शिवको विशेष दिन पूजा गर्नुहोस् !

217
0
Share:

काठमाडौँ । आज २०८१ साल फागुन २६ गते सोमबार फागुन शुक्ल पक्षको एकादशी तिथि। आमलकी एकादशी व्रत। तदनुसार सन् २०२५ मार्च १० तारिख।

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।

शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझै पनि छ।

भगवान शिवको पूजा आरधना धेरै फलदायी हुने र यसको फलस्वरूप भगवान शिवले सम्पूर्ण भक्तजनको मनोअकंक्षा पुरा गरिदिने मान्यता रहेको छ। जुन व्यक्तको कुण्डलीमा ग्रहको दोष रहेको छ उसले जीवनका हरेक पाइलामा असफलता भोग्नु पर्ने हुन्छ।

यसको दोष निवारणका लागि सोमबारको दिन भगवान शिवको पूजा विधि सहित केही मन्त्र जप्नुपर्ने हुन्छ । जसबाट शिव छिटो प्रसन्न हुने धार्मिक विश्वास रहँदै आएको छ ।

मन्त्र :

ॐ नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ॐ’, नमो नीलकण्ठाय, ॐ पार्वतीपतये नमः, ॐ पशुपतये नम:

पूजा विधि :

सोमबारको दिन विहान सबेरै उठेर पूर्ण शरीर नुहाएर घरमा सम्भव नभए नजिकको शिव मन्दिर गाई शिव, माता पार्वती र नन्दीलाई गंगाजल वा पवित्र जल अर्पित गर्नुहोस्।

यस पश्चात शिवलिङ्गमा चन्दन, चामल, बेलपत्र र धतुरोको फूल चढाउनुहोस्। यस पछि पूजा सम्पन्न गर्नका लागि भगवान शिवलाई घिउ वा सक्खरको भोग लगाउनुहोस् र अन्तिममा धुप ,दीप बालेर आरती गर्नुहोस्।

कमेन्ट गर्नुहोस्
Share: