
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने अधिकांश कार्यक्रममा सर्वसाधारण तथा युवाहरुले केपी ओली मुर्दावादको नारा लगाउँदै आएका छन्।
आज पनि बसन्तपुरमा युवाहरुले नाच्दै उफ्रिदै रमाइलो गर्दै प्रधानमन्त्री ओलीको विरोधमा नारा लगाएका छन्। ओली सार्वजनिक कार्यक्रममा सहभागी हुने वित्तीकै युवाहरुले उनी विरुद्दका नारा लगाउने गरेका छन्।
बसन्तपुरमा होली मनाइरहेका युवाहरुले केपी ओली मुर्दावाद, बालेन शाह जिन्दावाद भन्दै नारा लगाएपछि बसन्तपुरको माहोल तातेको थियो। यसअघि काठमाडौंको दशरथ रंगशालामा भएको केपी ओली कप मात्रै होइन ओली विदेशमा गएको बेला समेत अमेरिकामा उनीविरुद्द नारा लागेको थियो।
कमेन्ट गर्नुहोस्
