
काठमाडौँ। बसन्तपुर क्षेत्र आज बिहानदेखि होलीको उत्सवले रङ्गीनमय बनेको थियो। स्थानीयहरूसँगै विदेशी पर्यटकहरूले पनि काठमाडौँको प्रसिद्ध स्थलमा होली पर्वको उल्लासमा रङ्ग र अबिरको रमाइलो गर्दै एकआपसमा सद्भाव र मित्रतासँगै यो पर्व मनाएका छन्।
बसन्त ऋतुको आगमनसँगै होली पर्वले आपसी मेलमिलाप र सदभावको सन्देश फैलाउने क्रममा काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली जिल्लामा सर्वसाधारणहरू हर्षोल्लासका साथ रङ्गको पर्वमा सहभागी भएका थिए।
नेपालका विभिन्न स्थानहरूमा, विशेषगरी बसन्तपुर र ठमेलका चोकचोकमा, नेपाली नागरिक र विदेशी पर्यटकहरू रङ्ग र अबिर लगाएर नाचगान गर्दै होलीको उल्लास देख्न सकिन्थ्यो ।
यस पर्वको अवसरमा सरकारको निर्णयअनुसार आज सार्वजनिक बिदा पनि दिइएको ५६ जिल्लमा बिदा पनि दिएको थियो। साथै, विदेशी पर्यटकहरूले नेपालका सांस्कृतिक परम्परामा रमाउँदै यो पर्वको रङ्गीन उत्सवमा समावेश भएका थिए।
