भुलभुला मेलाको अवसरमा तेस्रो वडा अध्यक्ष कप प्रतियोगिता हुने

Share:

पोखरा । भुलभला मेलाको अवसर पारी पोखरा महानगरपालिका-३३ मा तेस्रो वडा अध्यक्ष कप प्रतियोगिता २०८१ हुने भएको छ।

भुलभुला युवा क्लब पोखरा- ३३ को आयोजना तथा पोखरा महानगरपालिका-३३ को आर्थिक व्यस्थापनमा सञ्चालन गरिन लागेको प्रतियोगिता यही चैत्र २८ गतेदेखि वैशाख १ गतेसम्म पोखरा ३३ उपल्लो पुडी खेल मैदानमा सुरु हुनेछ।

स्थानीय स्तरमा खेलकुदको पहुच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेल को बिकासमा थप टेवा पुर्‍याउने उद्धेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा २ दर्जन बढी टिमको सहभागिता रहने अपेक्षा गरेको प्रतियोगिताका खेल संयोजक अशोक कार्कीले जानकारी दिए।

प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार मेडल, प्रमाणपत्र हात पार्नेछ। त्यस्तै उपविजेताले नगद ३३ हजार ३ सय ३३ रुपैयाँ मेडल र प्रमाणपत्र हात पार्ने क्लबका अध्यक्ष आसिक कुंवर बताए।

यसैगरीप्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्ति विधा तर्फका खेलाडी लाई पुरस्कृत गरिने क्लबका सचिव प्रकाश बस्यौलाले जानकारी दिए। वैशाख १ गते सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईने छ।

यसैविच प्रतियोगिताको तयारीलाई तिव्र पारेको आयोजकले टिम दर्ता गरि प्रतियोगितामा सहभागिता का लागि ईच्छुक सबैलाई चैत्र २७ गतेसम्ममा टिम दर्ता गर्न आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: