
पोखरा । कास्कीको पोखरा महानगरपालिका- सेदी बसपार्कस्थित सार्बजानिक स्थानमा एक जना धारिलो हतियार प्रहार गर्ने पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा १७ बिरौटाका २२ वर्षीय मनिष ठकुरीलाई कास्की प्रहरीले धारिलो हतियार (खुँडा) सहित पक्राउ गरेको जनाएको छ ।
उनलाई धारिलो हतियार (खुँडा) प्रहार गरी फरार रहेको सूचनाका आधारमा आइतबार अस्थायी प्रहरी विट सेदी, कास्कीबाट प्रहरी खटिएको टोलीले पक्राउ गरेको बताइएको छ।
घाइतेलाई अस्पताल पठाई घटनामा संलग्न ठाकुरलाई जिल्ला कास्की अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
