आजको मौसम: सुदूरपश्चिम र कर्णालीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना

Share:

काठमाडौँ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: