
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-३ सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरेका छन्।
शुक्रबार राति मकालु-३ सिम्माका टेकबहादुर मेघीको भेडीगोठमा चट्याङ लागेर ४० वटा भेडा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।
गोठमा रहेका दुई सय ५० भेडा रहेका थिए। इलाका प्रहरी कार्यालय हेदाङनामार्फत घटनाको थप जानकारी लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
