
काठमाडौँं । आइतबार साँझ थानकोटमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ। चितवनबाट काठमाडौँं आउँदै गरेको ग १ ख ५५४६ नं को हाइस दुर्घटना हुँदा अन्दाजी २५/२६ वर्षकी सबिना गुरुङको ज्यान गएको प्रहरी बृत्त थानकोटले जनाएको छ।
रोकेको अवस्था हाइस आफैँ गुड्न गई सडक छेउको पेटीमा ठोक्किएर दुर्घटना भएको थियो।दुर्घटनामा ९ जना घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ।
चालक नुवाकोट बेलकोटगडि नगरपालिका–१३ का वर्ष ३० को राजेश घले गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कमेन्ट गर्नुहोस्
