पूर्वमुख्य सचिव दामोदरप्रसाद गौतमको निधन

365
0
Share:

काठमाडौँ । सरकारका पूर्व मुख्यसचिव दामोदरप्रसाद गौतमको निधन भएको छ। ‘लिवर’सम्बन्धी समस्याबाट पिडित ८६ बर्षिय गौतमको मंगलबार बिहान ललितपुरको मेडिसिटि अस्पतालमा निधन भएको हो।

२०४७ देखि २०४९ सम्म मुख्यसचिव रहेका उनी २०५५/०५७ सम्म संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदुत समेत भएका थिए।

२०१८ सालमा शाखा अधिकृतको रुपमा सरकारी सेवामा प्रवेश गरेका गौतम घरेलुको निर्देशक, चिया विकास ईलामको निर्देशक, पर्यटन र बाणिज्य मन्त्रालयको सचिव, अर्थ मन्त्रालयको अतिरिक्त सचिव हुँदै २०४७ साल देखि २०४९ सम्म मुख्यसचिव बनेका थिए।बाराको कलैयामा १९९४ मा जन्मिएका गौतम २०३१ देखि ललितपुर बस्दै आएका थिए।

उनका २ छोरी र १ छोरा छन्। उनको मंगलबार दिउसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: