साइबर हमलापछि हेलो सरकारको वेबसाइट ‘मेन्टिनेन्स’ मा राखियो

271
0
Share:

काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको हेलो सरकारको वेबसाइट ‘मेन्टिनेन्स’मा राखिएको छ। रुसी ह्याकर समूहले उक्त वेबसाइट ह्याक गरेको हो।

ह्याकर समूह (घुद्रा) ले आफ्नो सन्देशसहित वेबसाइट ह्याक गरेको सन्देश छाडेको थियो। जसमा नेपाल सरकारले आफूहरुसँग सम्पर्क गर्न अस्वीकार गरेकाले सुरक्षा डेटा बिक्री गर्न बाध्य भएको उल्लेख थियो। यसरी ह्याकरले महत्वपूर्ण विवरणसहितको डेटा डार्कवेबमा बिक्रीमा राखिदिएका हु्न्।

वेबसाइट ह्याक भएपछि अहिले वेबसाइटलाई मेन्टिनेन्समा राखिएको हो। तर, बुधबार राति यो समाचार तयार पार्दासम्म वेबसाइट अवरुद्ध नै छ। अहिले एकीकृत डाटा व्यवस्थापन केन्द्र मातहतको राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्राविधिकहरु वेबसाइट पूर्ववत अवस्थामा फर्काउन लागिपरिरहेको केन्द्रका एक अधिकारीले बताए।

कमेन्ट गर्नुहोस्
Share: