पोखरामा सुरु भयो ‘वाडा अटो शो’ , ३० बढी ब्राण्डको सहभागिता

Share:

पोखरा। नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा) र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)ले संयुक्त आयोजनामा पोखरामा ‘वाडा अटो शो २०२५’ सुरु भएको छ।

सोमबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उक्त अटो शोको उद्घाटन गरेका हुन्।

अमरसिंहचौरमा सुरु भएको वाडा अटो शो चैत १७ गतेसम्म चल्नेछ। उक्त अटोशोमा दुईपाँग्रे, चारपाँग्रे, कमर्शियल गरी ३० बढी ब्राण्डको सहभागिता रहेको छ।

वाडाका अनुसार अटो शोमा १९ वटा ब्राण्डका चारपाँग्रे, ६ ब्राण्डका लाइट कमर्शियल र ७ ब्राण्डका दुइपाँग्रे सवारीसाधनले उपस्थित जनाएका छन्।

साथै अटो शोमा लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टल रहेका छन्।

यस अटोशोले शिथिल बनेको अटोबजार र अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै भिजिट पोखरा २०२५ लाई पनि टेवा पुग्ने आयोजकको भनाइ छ।

कमेन्ट गर्नुहोस्
Share: