गणतन्त्रवादीको प्रदर्शनमा ३५ हजार, राजावादीको ४ हजार

Share:

काठमाडौँ। आज भएको गणतन्त्रवादीतर्फ समाजवादी मोर्चाको प्रदर्शनमा करिब ३५ हजार मानिस उपस्थित भएको बताइएको छ।

गृह मन्त्रालयका सहसचिव छवि रिजालले समाजवादी मोर्चाको भृकुटिमण्डपमा भएको प्रदर्शन निकै शान्त भएको बताउँदै करिब ३५ हजार सहभागी भएको बताए।

त्यसैगरी राजावादीले गरेको तीनकुनेको प्रदर्शनमा भने करिब ४ देखि ५ हजार व्यक्ति आएको बताए।

समाजवादी मोर्चाको आन्दोलन निकै शान्त हुँदा राजावादीको आन्दोलन भने हिंसात्मक बनेको थियो। आन्दोलनमा एक पत्रकार र एक प्रदर्शनकारीको मृत्यु समेत भयो। उक्त आन्दोलनमा ३० जना घाइते भएको बताइएको छ।

कमेन्ट गर्नुहोस्
Share: