राजा समर्थकको हिंसामा रजकको मृत्यु भएपछि माइतीघरमा पत्रकारको प्रदर्शन

Share:

काठमाडौँ। शुक्रबार राजा समर्थकहरूको अराजक आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको मृत्यु प्रकरणलाई लिएर माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।

नेपाल पत्रकार महासंघको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले दोषीलाई अविलम्ब पक्राउ गरी कडा कारबाही गर्न माग गरेका हुन्।

एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजक शुक्रबार राजावादी समूहको आन्दोलनलाई कभर गर्ने क्रममा जलेको अवस्थामा मृत फेला परेका थिए। घटनाको क्रममा आन्दोलनकारीहरूले तिनकुनेस्थित एक घरमा आगजनी गरेका थिए।

सोही घरबाट भिडिओ खिचिरहेका रजकलाई बाहिरिन नदिई गेटमा ताल्चा लगाइएको थियो। फलस्वरूप, आगलागीमा परेर उनको मृत्यु भएको बताइन्छ।

कमेन्ट गर्नुहोस्
Share: