राजावादीले लुटपात र तोडफोट गरेको तीनकुने क्षेत्रको अवस्था आज यस्तो छ

Share:

काठमाडौँ। राजावादीको हिंसात्मक आन्दोलनका कारण शुक्रबार दिउँसोदेखि रातिसम्म रणभूमि जस्तै बनेको तीनकुने क्षेत्र आज भने सुनसान बनेको छ।

राजावादीहरुले तोडफोडका साथै जलाएका घरहरू अहिले भग्नावशेष जस्तै देखिएका छन्। त्यस क्षेत्र आज शान्त भए पनि व्यापार व्यवसाय भने पूर्ण रुपमा सञ्चालनमा आएको छैन। आसपासका सटरहरू खुलेका छैनन्।

राजावादीले कार्यक्रम आयोजना गरेको स्थलमा भने केही बालबालिकाहरू खेलिरहेका छन्। सडक पेटीहरुमा यात्रुहरू सवारी साधन पर्खेरिरहेका देखिन्छन्।

राजवादीले विध्वंश गरेको क्षेत्रको सरसफाइ पनि गरिसकिएको छ। अहिले पनि त्यस क्षेत्रमा सुरक्षाकर्मी खटाइएको छ।

तीनकुने क्षेत्रको आन्दोलन हिंसात्मक बन्दा शुक्रबार २ जनाको मृत्यु भएको थियो। पत्रकार सुरेश रजक राजावादीहरूले आगजनी गरेको घरमा जलेर मृत्यु भएको थियो भने एक जनाको गोली लागेर मृत्यु भएको हो।

कमेन्ट गर्नुहोस्
Share: