रवीन्द्र मिश्र र धवलशमशेरलाई रिहा गर्न राप्रपाको २४ घण्टे अल्टिमेटम

220
0
Share:

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा। धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ।

शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई २४ घण्टे अल्टिमेटम माग गरेका हुन्।

मिश्र र राणालाई रिहा नगरे राप्रपाले देशभर विरोधका कार्यक्रम गर्ने र त्यसलाई आन्दोलनको रूपमा उठाएर लैजाने निर्णय भएको उनले जानकारी दिए।

तीनकुने केन्द्रित राजावादीको प्रदर्शन हिंसात्मक बन्नुमा सरकारकै दोष रहेको बैठकले निष्कर्ष निकालेको छ।

बैठकमा बोल्ने नेताहरूले रवीन्द्र मिश्र र धवलशमशेर प्रति सहानुभूति प्रकट गरेको एक नेताले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: