पोखरा २६ को जल्धारेमा जेष्ठ नागरिकसहित तीनसयको स्वास्थ्य परिक्षण

Share:

पोखरा। पोखरा महानगरपालिका वडा नंं २६ को जल्धारेमा शनिवार आयोजित स्वास्थ्य शिविरमा झण्डै तीनसय जनाले स्वास्थ्य परिक्षण गरेका छन्।

आयुर्वेद तथा बैकल्पीक जेष्ठ नागरिक स्वास्थ्य शिविरको शुभारम्भ गर्दै वडा नंं २६
का अध्यक्ष नरेन्द्र थापाले उमेर बढ्दै जाँदा जटिल प्रकारका रोगहरु देखा पर्ने भएकाले तालिका बनाएर स्वास्थ्य परिक्षण गर्न आग्रह गरे।

अध्यक्ष थापाले रोगका कारण पनि जेष्ठ नागरिकहरुलाई परिवारका सदस्यले फरक व्यवहार गर्ने गरेको उल्लेख गर्दै, जेष्ठनागरिकमैत्री व्यवहार गर्न समेत जोड दिए।

अध्यक्ष थापाले रोगका कारण पनि जेष्ठ नागरिकहरुलाई परिवारका सदस्यले फरक व्यवहार गर्ने गरेको उल्लेख गर्दै, जेष्ठनागरिकमैत्री व्यवहार गर्न समेत जोड दिए ।

वडा विकासको मानक भौतिक पुर्वाधारमामात्र नभएको उल्लेख गर्दै अध्यक्ष थापाले, नागरिक स्वस्थ र सुखी छन् की छैनन् भन्नेले पनि निर्धारण गर्ने बताए ।

जेष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र र त्यसमा खाजाको व्यवस्था गरिएको गर्नुपर्ने उल्लेख गरे।दिवा सेवा केन्द्र सुधारका लागि वडाले बजेट विनियोजन गरेर अगाडी बढिरहेको समेत स्पष्ट पारे।

अध्यक्ष थापाले शारिरिक स्वस्थताले विचार र व्यवहारमा समेत प्रभाव पार्ने भएकाले नियमित स्वास्थ्य परिक्षणमा ध्यान दिन आग्रह गरे।

कमेन्ट गर्नुहोस्
Share: