
पोखरा। कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटा विश्व अपाङ्गता शिखर सम्मेलनमा सहभागी हुन जर्मनी प्रस्थान गरेका छन्। जर्मन सरकार र जोर्डन सरकारको आयोजनामा अप्रिल २ र ३ तारिखमा जर्मनीको बर्लिनमा हुने सो सम्मेलनमा सहभागी हुन सापकोटा सोमबार बिहान प्रस्थान गरेका हुन्।
जर्मनीमा अप्रिल १ तारिखमा हुने शिभिल सोसाईटी फोरम र २/३ तारखिमा हुने ग्लोबल डिसएबीलिटी समिट (जीडिएस) मुख्य कार्यक्रम र शिक्षासम्बन्धी साइडी इभेन्टमा उनी सहभागी हुनेछन्। सापकोटा अप्रिल ५ तारिखमा सम्मेलनमा भाग लिएर नेपाल फर्कने कार्यक्रम छ।
संस्कृत मावि पोखरा-१ बगरमा मावि तहको अङ्ग्रेजी स्थायी शिक्षक सापकोटा २०६६ सालदेखि शिक्षण पेशामा आवद्ध छन्।
उनी पृथ्वीनारायण क्याम्पसमा समेत अध्यापन गराउँदै आएका छन्। विगत २५ वर्षदेखि अपाङ्गता र सञ्चार क्षेत्रमा रहेर उनले कार्य गर्दै आएका छन्।
