
शुक्रबार तीनकुनेमा मच्चिएको विध्वंशका नाइके दुर्गा प्रसाईंले आफू नेपालमै बसेर आन्दोलनको भावी रणनीति तयार गरिरहेको बताएका छन्।
सोमबार साँझ सामाजिक सञ्जालमार्फत प्रसाईंले आफू सिंह भएको बताउँदै अब छिट्टै भ्रष्टाचारीको मलामी लिएर फर्कने चेतावनी समेत दिएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शिकार गर्नुभन्दा पहिला सिंह पनि एक कदम पछि हटछ,अनि पुनःआक्रमण गर्छ! दुर्गा प्रसाई सिंह नै हो,अब छिट्टै तिमीहरुको मलामि लिएर आउदैछ,भ्रष्टाचारि हो । मैले त लुक्ने ठाउँ भेटेको छु नेपाल मै छु,भाबी रणनीति तयार गर्दैछु,तर तिमीहरू ले त्यो पनि पाउदैनौ, बुझिराख! जय रास्टवाद!!’
गत शुक्रबार तीनकुनेमा भएको हिसांत्मक प्रदर्शनको नेतृत्व गरेका प्रसाईलाई पक्राउ गर्न प्रहरीले खोजीमा जुटिरहेको छ ।
