
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन्।
आज बिहान १० बजे लामिछानेसहित रास्वपा सांसदहरू सभामुखलाई भेट्न सिंहदरबा स्थित कार्यालय जाने भएका हुन्। सहकारी अनियमितता प्रकरणमा अनुसन्धान जारी रहेकोले पछिल्लो समय लामिछाने राजनीतिमा सक्रिय थिएनन्।
तर सोमबारबाट उनी सक्रिय राजनीतिमा फर्किएका छन्। आज हुन लागेको सभामुखसँगको छलफलमा प्रतिनिधिसभामा सहभागी हुनेबारे कुराकानी हुने बताइएको छ।
कमेन्ट गर्नुहोस्
