गोली हानेर भाइको हत्या गर्ने स्याल कारागार चलान

260
0
Share:

गोली प्रहार गरी भाइको हत्या गरेका बैतडीको दोगडाकेदार गाउँपालिका-८ कालागाउँका ४२ वर्षीय कर्णबहादुर बिष्टलाई कारागार चलान गरिएको छ। जिल्ला अदालतले विष्टलाई पुर्पक्षका लागि कारागार चलान गरेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

प्रहरीले कर्तव्य ज्यान मुद्धामा अनसुन्धान सकेर अदालत बुझाएको र अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो। गत फागुन १७ गते ४० हजार रुपैयाँ लेनदेनका विषयमा विवाद हुँदा कर्णबहादुरले आफ्नै भाइ नाता पर्ने २५ वर्षीय सुरेन्द्र विष्टको गोली हानेर हत्या गरेका थिए।

स्याल भनेर चिनिने कर्णबहादुर हत्यापश्चात बन्दुकसहित फरार रहेका थिए। फरार भएका कर्णबहादुरलाई गएको फागुन २३ गते भारत भाग्दै गरेको अवस्थामा दार्चुलाको महाकाली नगरपालिका- ९ दत्तु नजिकबाट प्रहरीले पक्राउ गरिएको थियो।

कर्णबहादुरले हत्यामा प्रयोग गरेको बन्दुक र त्यसमा प्रयोग हुने सिसागोलीलगायतका सामग्री स्थानीय पत्थरखानीको ओढारमा लुकाइछिपाइ राखेको अवस्थामा फेला पारेको थियो।

कमेन्ट गर्नुहोस्
Share: