
सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आज लामिछानेलाई थुनामा पठाउने आदेश दिएपछि जिल्ला प्रहरी कार्यलय रुपन्देहीले अदालतको औपचारीक पत्र आएपछि प्रकाउ गर्ने रणनीति बनाएको छ।
जिल्ला प्रहरी कार्यलय रुपन्देही डिएसपी एवं प्रवत्ता सुरज कार्कीले उच्च अदालत तुलसीपुर बुटवलको आदेश जिल्ला हुँदै प्रहरी कार्यलयमा औपचारीक रुपमा आएपछि प्रकाउ गर्ने योजना रहेको बताए।
उनले भने, ‘अहिले अदालतको आदेश हामीसँग आएको छैन, उच्च आदेश जिल्ला अदालत हुँदै आउने हो त्यसपछि हामीले प्रकाउ गर्नेछौं।’ भोली शनिवार र आइतबार सार्वजनिक विदा भएकोले सोमवारसम्म आदेश प्रहरी कार्यलयमा औपचारिक रूपमा आउने अनुमान प्रहरीको छ।
कमेन्ट गर्नुहोस्
