
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिने भएको छ।
हेपाली हाइटस्थित निवासबाट पक्राउ परेका लामिछानेलाई आज भद्रकालीमा राखिने प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए।
केन्द्रीय अनुसन्धान ब्युरोका एसपी सुधीरराज शाही र उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्ट नेतृत्वको प्रहरी टोली उनलाई पक्राउ गर्न उनको घरमा पुगेका थिए।
शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको थियो। न्यायाधिशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन्।
कमेन्ट गर्नुहोस्
