
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ पुर्जी नलिएरै प्रहरी पक्राउ गर्न गएको बताएको छ।
उच्च अदालतको आदेशपछि शुक्रबार राति लामिछानेको घरमा पुगेको प्रहरी टोलीले बेडरुममै पुगेर पक्राउ पुर्जी लेखेको बताउँदै रास्वपाले त्यसलाई अनौठो अभ्यास भएको जनाएको छ।
सभापति लामिछाने पक्राउ परेपछि शुक्रबार राति भर्चुअल रुपमा बसेको केन्द्रीय समितिको बैठकले यो विधिको शासनमा क्षम्य हुन नसक्ने निष्कर्ष निकालेको छ।
बैठकले नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउनु गैर-संवेदनशील र गैरकानुनी भएको बताउँदै भत्सर्ना गरेको छ।
कमेन्ट गर्नुहोस्
