रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने

Share:

बुटवल । सहकारी ठगी प्रकरणमा काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार बिहान भैरहवा ल्याएको छ।

उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा राखेको छ। शुक्रबार बूढानीलकण्ठस्थित हेपाली हाइटस्थित निवासबाट पक्राउ परेका लामिछानेलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको  थियो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले लामिछानेलाई सोमबार अदालत खुलेपछि कारागार पठाउने बताए।

शुक्रबार नै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सुप्रिम बचत तथा सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन्।

कमेन्ट गर्नुहोस्
Share: