पोखराका प्रख्यात शिक्षासेवी तारा बरालको निधन

Share:

पोखरा । पोखराका प्रख्यात शिक्षासेवी, लेखक तथा मानवअधिकारकर्मी तारानाथ बरालको शनिबार निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका बरालको निधनले पोखरा र नेपाली शैक्षिक जगतले एक समर्पित मार्गदर्शक गुमाएको शिक्षासेवीहरूले बताएका छन्।

२०३६ सालदेखि त्रिभुवन विश्वविद्यालय अन्तरगत महेन्द्र बहुमुखी क्याम्पस बागलुङमा अध्यापन गराएका थिए। २०७४ सालमा पृथ्वीनारायण क्याम्पस पोखराबाट सेवानिवृत्त बराल बि.स. २०१० साल असोज २१ गते कास्कीको मादी गाउँपालिका तप्राङमा जन्मेका थिए।

उनले २०४४ सालदेखि २०५१ सम्म भानुभक्त क्याम्पस बेलचौतारा तनहुँको क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेका थिए। मानव अधिकार कास्कीका पूर्वअध्यक्षसमेत रहेका बरालका केही पुस्तक र थुप्रै लेखरचना प्रकाशित छन्।

अत्यन्तै सरल र सहज स्वभावका बरालको निधनबाट पोखराले एक शैक्षिक धरोहर गुमाउनु परेको शिक्षासेवीहरुले बताएका छन्। उनकी पत्नी सरस्वती र ४ छोरी छन्। पत्नी सरस्वती अवकाशप्राप्त शिक्षक हुन्। दिंवगत बरालको शनिबार नै पोखराको रामघाटमा अन्तिम संस्कार गरिदैँछ ।

कमेन्ट गर्नुहोस्
Share: