सोमबारदेखि पोखरामा तेश्रो एबिसी भेट्रान्स फुटबल प्रतियोगिता, १० टीमको सहभागीता रहने

Share:

पोखरा । अमरसिंह व्वाइज क्लबको आयोजनामा सोमबारदेखि तेश्रो एबिसी एट ए साईड भेट्रान्स फुटवल प्रतियोगिता हुने भएको छ।

“आपसी सद्भभाव, स्वास्थ्य र भाईचाराका लागि फुटबल” भन्ने मुल नारासहित पोखरा रंगशालामा आयोजना हुने उक्त प्रतियोगितामा देशभरिबाट १० टीमको सहभागीता रहने अमरसिंह व्वाइज क्लबका अध्यक्ष राजेश गुरुङले जानकारी दिए।

उनका अनुसार फोर्टी फाइभ प्लसका खेलाडीहरु विभिन्न टीमबाट खेल्नेछन् भने प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५ सय ५५, ट्रफी र मेडल प्राप्त गर्नेछन। यस्तै उपविजेताले ७७ हजार ७ सय ७७, ट्रफी र मेडल प्राप्त गर्ने मुल आयोजक आर्थिक संयोजक सुनिल गुरुङले बताए।

प्रतियोगितामा आयोजक एबिसी भेट्रान्स, एक्स वरियर भेट्रान्स, चितवन भेट्रान्स, हेटौडा भेट्रान्स, संगम भेट्रान्स, एसएनकेसि भेट्रान्स, ढोलाहिटी युथ भेट्रान्स, लेकसाइड भेट्रान्स, कालिका स्पोर्टिङ भेट्रान्स (रुपन्देही ११) बगर भाइखलक भेट्रान्स बीच प्रतिष्पर्धा रहने छ।

चैत्र २८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आयोजक एबिसी भेट्रान्स र एक्स वरियर भेट्रान्सबिच सोमबार दिनको १ बजे उद्घाटन खेल हुने क्लबका सचिव विजय घिमिरेले बताए।

कमेन्ट गर्नुहोस्
Share: