अन्नपूर्ण हिमालको हिउँपहिरोमा दुईजना फसे

Share:

म्याग्दी। म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर सोमबार दुईजना बेपत्ता भएका छन्। अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट ट्रेकिङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले बताएका छन्।

आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाडौँबाट उद्धारको टोलीलाई हेलिकप्टरमार्फत पठाइएको छ। वसन्तयामका लागि ४ समूहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: