
काठमाडौँ । नेपाली बजारमा चैत २२ गतेबाट घट्न थालको सुनको ओरालो यात्रा आजपनि कायम रहेको छ। मंगलबार सुनको मूल्य सामान्य घटेको छ।
अघिल्लो दिन तोलामा १ लाख ७३ हजार ८ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार १ लाख ७३ हजार ४ सय रुपैयाँ कायम भएको हो।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ हजार ८ सय ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो।
कमेन्ट गर्नुहोस्
