एबिसी कपमा हेटौडा र रुपन्देही ११ भिड्ने

Share:

पोखरा । तेश्रो एबिसी ४५ं ८-ए साइड भेट्रान्स फुटवल प्रतियोगिताको उपाधीका लागि हेटौडा भेट्रान्स र रुपन्देही ११ भेट्रान्स फाइनल प्रवेश गरेका छन्। बुधबार सम्पन्न पहिलो सेमी फाइनलमा हेटौडाले चितवनलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

प्रतियोगितामा हेटौडाका प्रकाश महर्जनको गोल नै निर्णायक बन्न सफल भयो। उक्त खेलमा हेटौडाका सुमन केसीले प्लेयर अफ दी म्याचको उपाीध हात पारे।

त्यसैगरी दोश्रो सेमि फाइनलमा रुपन्देही ११ ले एसएनकेसीलाई टाईब्रेकरमा ३-२ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गर्यो। निर्धारित समयमा १-१ गोल बराबरीमा खेल टुंगिएपछि टाइब्रेकरमा कालिका स्पोर्टिग क्लब (रुपन्देही ११ )ले एसएनकेसीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो। उक्त खेलमा रुपन्देही ११ का पूर्ण बहादुर राना प्लेयर अफ दी म्याच घोषित भए।

फाइनल खेल बिहीबार दिनको १ बजे हुनेछ। प्रतियोगिताका विजेताले १ लाख ५५ हजार ५ सय ५५, ट्रफी र मेडल प्राप्त गर्नेछन भने उपविजेताले ७७ हजार ७ सय ७७, ट्रफी र मेडल प्राप्त गर्ने क्लबका सचिव विजय घिमिरेले जानकारी दिए।

 

कमेन्ट गर्नुहोस्
Share: