
बुधवार रातिदेखि कर्णालीमा विद्युत् सेवा अवरुद्ध भएको छ। विद्युत् प्राधिकरण कार्यालय सुर्खेतका अनुसार हावाहुरीसहितको वर्षाका कारण कोहलपुर-सुर्खेत ३३ केभी र पश्चिमको कुइने-बाबियाचौर–वीरेन्द्रनगर ३३ केभी लाइन अवरुद्ध भएका छन्।
कहाँ क्षति भएको छ भन्ने विषयमा खोजी कार्य भइरहेको छ। अहिलेसम्म क्षतिग्रस्त स्थान पत्ता नलागेका कारण विद्युत् सुचारु हुन समय लाग्ने प्राधिकरणले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
