छात्रा टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि भद्रकाली र बाराही मावि भिड्ने

Share:

पोखरा । पोखरा महानगरपालिका अन्तर विद्यालय छात्रा टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि भद्रकाली मावि र बाराही मावि आमनेसामने हुने भएका छन् । बिहीबार भएको सेमीफाइनल खेलमा भद्रकालीले अमरसिंह मावि र बााराही माविले त्रिभूवन शान्ती माविलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

फाइनल खेल शुक्रबार हुने आयोजक पोखरा महानगरापालिका क्रिकेट संघका अध्यक्ष विरेन्द्र गुरुङले जानकारी दिए । बलमा ३३ रन र रिसा तामाङले १६ बलमा १२ रनको योगदान दिए । अमरसिंह माविकी चन्द्रमाया बरालले कसिलो बलिङ गर्दै २ ओभरमा ८ रन खर्चेर २ विकेट र सुविना गुरुङले २ ओभरमा २० रन खर्चेर २ विकेट हत्याए ।

मावि निर्धारित १० ओभरमा ४ विकेट गुमाएर ९४ रनमा सिमित भएपछि भद्रकाली मावि १ रनले विजयी भएको हो । भद्रकाली माविका लागि तीर्था तामाङले ३० बलमा २४ रन र सोफिया गुरुङले २१ बलमा १८ रनको योगदान दिएपनि हार टार्न सकेनन् ।

भद्रकालीकी रिया तामाङले २ ओभरमा १५ रन खर्चेर २ विकेट लिएकी थिईन् । मीफाइनल यात्रा तय गर्‍यो । त्रिभूवन शान्ति माविले टस जितेर ब्याटिङ रोज्दै निर्धारित १५ ओभरमा ५ विकेटको क्षेतीमा १०२ रन बनायो । त्रिभूवन शान्ती माविकी अनुस्का नेपालीले २२ बलमा २५ रन र विपासा कार्कीले २० बलमा १४ रन बनाउनु बाहेक अन्यले उल्लेख्य रन बनाउन सकेनन् ।

बाराही माविकी सुस्मा पौडेलले ३ ओभरमा १८ रन खर्चेर २ विकेट हत्याईन् । फलता भुजेलले २३ बलमा २२ रन र कुसुम बास्तोलाले १७ बलमा १३ रन बनाए । त्रिभूवन शान्ती माविकी खुश्बु यादवले ३ ओभरमा २८ रन खर्चेर २ विकेट लिएपनि हार टार्न सकिनन् ।

कमेन्ट गर्नुहोस्
Share: