शिक्षक प्रकाशले गरे सवारी दुर्घटनामा घाइते भएका जगतलाई एक लाख सहयोग

188
0
Share:

काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिका- १ नयाँगाउँमा रहेको जनकल्याण निमाविमा कार्यरत शिक्षक प्रकाश जिपीले सवारी दुर्घटनामा घाइते भएका जगत सुनारलाई एक लाख रुपैयाँ सहयोग गरेको छ।

बिहीबार शिक्षक जिपीले सुनारकै घर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका- ११ दीपनगर पुगेर एक लाख रुपैयाँ सहयोग गरेका हुन्। ६३ वर्षीया सुनार गत कार्तिक २० गते घर नजिकैको स्थानीय बजार झलारीबाट घर जाने क्रममा अटो पल्टिदा घाइते भएका थिए। उनको छातीमा गम्भीर चोट लागेको थियो। धनगढीमा सामान्य उपचारपछि भारत लगेका भए पनि आर्थिक अभावका कारण उपचार सम्भव नभएपछि उनलाई घर फर्काएको थियो।

शिक्षक प्रकाशका अनुसार सुनारको पारिवारिक आर्थिक अवस्था एकदमै कमजोर भएका कारण उनको उपचार हुन सकेको थिएन्। सुनारले पैसाको अभावमा उपचार गर्न नसकेर घरमै थला परेको जिपीको भनाइ छ।

घाइते सुनार घरमै थला परेको खबर थाहा पाएपछि प्रकाशले शुक्लाफाँटा नगरपालिका-११ का वडाध्यक्ष शेर बहादुर साउँदमार्फत् आर्थिक सहयोग गरेको बताएको छ। शिक्षक प्रकाशले व्यक्तिगत रूपमा एक लाख सहयोग गरेको बताए।

उनले भने, “मैले उहाँको घरको अवस्था एकदमै कमजोर भएको सुने। त्यसपछि उहाँकै घरमा गएर सहयोग स्वरुप एक लाख रुपैयाँ दिएको हुँ । यस्ता दीनदुःखीलाई सहयोग गर्नुपर्छ। उहाँलाई उपचारका लागि धनगढी भारतका अस्पतालहरुमा पुगाएका रहेछन् तर पैसा नभएर उपचार हुन नसकेको रहेछ। उपचार गर्न सक्ने आर्थिक अवस्था छैन् विचरा त्यत्तिक घरमै थला पर्नुभएको छ। दुःख लाग्यो।”

प्रकाशले विगतदेखि नै दीनदुःखी तथा असहायहरुलाई सहयोग आइरहेको बताए। पेसाले शिक्षक रहेका प्रकाशले आफूले बुझ्ने तलब हालसम्म समाजमा रहेका यस्तै दीनदुःखीलाई सहयोग गरिरहेको जानकारी दिए।

“मलाई घरघरेडी सम्पत्ति जोड्नु छैन्। यस्तै दीनदुःखी र गरिबहरुलाई सहयोग गर्न पाए हुन्छ। म यसमै सन्तुष्टि हुन्छ आफूले गरेको सक्दो साथ सहयोगले कसैको प्राण जोगिन्छ, कसैको भविष्य राम्रो बन्छ, भने यस्ता कुरामा सक्दो सहयोग गर्नुपर्छ ।”

प्रकाशले एक लाख रूपैयाँ हस्तान्तरण गरेपछि जगत निकै खुशी भएका छन्।

कमेन्ट गर्नुहोस्
Share: