मादी नदीमा डुबेर बालकको मृत्यु

Share:

तनहुँको व्यास नगरपालिका-३ स्थित मादी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका-२ दमौली निवासी ११ वर्षीय यमन शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।

पौडी खेल्न गएका शाहीलाई बिहीबार शान्तिनगर तल मादी नदीले बगाएको थियो। बेपत्ता शाहीको बिहीबारदेखि नै खोजतलास गरिएकामा आज साँझ व्यास नगरपालिका-१ स्थित मादीसेती घाट नजिक शव भेटिएको प्रनाउ थापाले बताए।

कमेन्ट गर्नुहोस्
Share: