
पोखरा । पोखरा १९ घार्मी मैदानमा रहेको भूमे मैदान बहुउद्देश्यीय सामुदायिक समूहले सफाई अभियान्ता मानध्वज गुरुङलाई सम्मान गरेको छ। समूहले छैठौं वार्षिक साधारण सभाको अवसरमा गुरुङलाई सम्मान गरेको हो।
पोखरा- १९ का वडा सदस्य विकासकुमार आचार्य, कल्पना सुनार र संस्थाका अध्यक्ष बैकुण्ठ पौडेलले गुरुङलाई सम्मान गरेका हुन्। वडा सदस्य आचार्यले ७८ वर्षीय मानध्वजले लगातार चार महिनासम्म निरन्तर आफू एक्लैले बाटो सफा गरी निस्वार्थ कर्मको नमुना पेश गरेको बताए।
सफाइ अभियन्ता गुरुङले आफू एक दिन घुम्दै आउने क्रममा बाटो झाडीले ढाकेको देखेपछि सफा गर्न सुरु गरेको जनाए। गत वर्ष चार महिनासम्म नियमित खटेर अमलाविसौनी घार्मीअम्बरेश्वर सडक अन्तर्गत घार्मीको उकालो मनध्वज एक्लैले सफा गरेका थिए।
